पौडेलसँग उज्यालो सहकर्मी माधव दुलालले गरेको कुराकानी
काठमाडौं, जेठ २९ - नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले कुर्सी छाड्ने सहमति गरे सरकार विरुद्ध घोषित आन्दोलनका कार्यक्रम फिर्ता हुने बताउनु भएको छ । जेठ २ गते भएको पाँच वुँदे सहमति अनुसार तत्काल काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्ने पौडेलले बताउनुभयो । पौडेलले सहमतिका लागि प्रधानमन्त्रीले कुर्सी छोड्नै पर्ने जिकिर गर्नुभयो ।