नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कला र मनोरञ्जन : Article Intertainment
Apr 24, 2012
एकादेशमा एउटा क्यासेट थियो!
स्मृति ढुंगाना, काठमाडौं, वैशाख १२ -'पैसा परेकाले यी क्यासेटहरू फाल्न सक्दिन। तर बिक्री पनि हुँदैन,' सुन्धाराको आकासे पुलमुनि १० वर्षदेखि क्यासेट तथा सिडी पसल चलाएर बसेका सन्तोष भट्टराईलाई समस्या परेको छ। उनले यो व्यापारमा हात हालेको २० वर्ष भयो। तर, एक वर्षदेखि न नयाँ क्यासेट बेच्ने कम्पनी पाएका छन्, न त पुरानो क्यासेट किन्ने ग्राहक। पसलमा पुराना क्यासेटको खात लगाएर बसेका छन् उनी।

चीनबाट सस्तो मूल्यमा सिडी प्लेयर आउने हुँदा क्यासेटको चलन नै हराइसकेको उनले बुझेका छन्। 'क्यासेट प्लेयर नै हाराएपछि यी चक्का कसले किन्नु?' उनले भने।
सात वर्षदेखि महाबौद्धमा क्यासेट प्लेयर र चक्का बेच्दै आएका बुद्ध तामाङले पसलबाट क्यासेट प्लेयर हटाएको नौ महिना भयो। अहिले उनको पसल डिभिडी प्लेयर, डिभिडी तथा भिसिडीले भरिएको छ। 'दुई वर्षअघि किनेका क्यासेट प्लेयर त्यसै थन्किएको छ। डिभिडी प्लेयरको व्यापार बढाएको छु,' पुराना क्यासेट चक्का चाहिँ कबाडी सामान किन्न आउनेलाई बेचेको उनले बताए। 'नोक्सान भए पनि फोकट्या क्यासेट चक्का राखेर केही हुनेजस्तो लागेन। सस्तो र सहज भएकोले ग्रहकको ध्यान सिडीमै पर्न थाल्यो,' उनले प्रष्ट्याए।
३० वर्षदेखि गीतसंगीतको कारोबार गरिरहेको म्युजिक नेपालले क्यासेट र त्यसलाई उत्पादन गर्ने सामानहरू गोदाममा थुपारिसकेको छ। 'नयाँ प्रविधि र पाइरेसीका कारण क्यासेट उत्पादन नै हुन छाडिसक्यो,' कम्पनीका अध्यक्ष सन्तोष शर्माले एक वर्षअघि नै क्यासेट चक्का उत्पादन बन्द गरेको बताए। क्यासेट उत्पादन गर्ने धेरैजसो मेसिन म्युजिक नेपालले बिक्री गरिसकेको छ।
कुनै बेला क्यासेट उत्पादनमा निकै अग्रसर सान्तना रेकर्डले अहिले कुनै क्यासेट चक्का तयार गरेको छैन। 'म्युजिक नेपालदेखि प्राय सबै म्युजिक कम्पनीमा हामी क्यासेटलाई चाहिने सामान पैठारी गर्थ्यो। डिजिटल जमानामा सिडी पनि लामो समय टिक्ला जस्तो छैन। अब त पेन ड्राइभबाट गीत सुन्न सजिलो भइसकेको छ,' सान्तनाका सञ्चालक निर्मल होडाले भने। क्यासेटको रोलर, बक्स र पेपर सप्लाई गर्ने कम्पनीले दुई वर्षदेखि यो कारोबार छोडेको छ। प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा क्यासेटको युग समाप्त भएको उनले अनुभव गरेका छन्।
१५ वर्षअघि कम्पनी खोल्दा क्यासेट चक्का बिक्री भएर राम्रो आम्दानी गरेको उनलाई सपना जस्तो लाग्छ आजकल।
लोकगायक बद्री पँगेनीले तीन वर्षअघि क्यासेटमा गीत निकालेर बिक्री गरेका थिए। 'त्यसबेला क्यासेट नै निकालेर राम्रो कमाइ हुन्थ्यो। अहिले क्यासेट प्लेयर खोज्नै संग्रहालयतिर जानुपर्ने अवस्था आएको छ,' यो परिवर्तनसँगै बद्री पनि फेरिए। दुई वर्षअघि 'म त नेपाली' एल्बम उनले सिडी र भिसिडीमा मात्र निकाले।
तैपनि 'ससुरालीमा', 'लाऊ चेली सिन्दुर लाऊ' र 'फोटो फिर्ता लेऊ'जस्ता एल्बमले क्यासेट बिक्रीबाटै मालामाल बनाएको उनले भुलेका छैनन्।
भर्खर एल्बम सार्वजनिक गरेकी गायिका सिन्धु मल्लले पनि सिडीमा मात्र गीत निकालेकी छिन्।
१० वर्षदेखि ठमेलमा सञ्चालित नेपाल म्युजिक ग्यालरीमा क्यासेट नै पाइँदैन। गोदाममा झन्डै ५ हजारको संख्यामा क्यासेट देखाउदै सञ्चालक बिरुमान बज्राचार्यले भने, 'कोही किन्न त आउँदैन। तैपनि सम्झनाका लागि राखिरहेको छु।' सिडीको मार्केट समेत घटिरहेका बेला क्यासेट त लोप नै भएको ठानेका छन् उनले। ठमेलमै रहेको सौरभ म्युजिकबाट पनि क्यासेटहरू हटाइएको छ। 'बिक्री नै नहुने सामान राखेर म्युजियम खोल्नु राम्रो होइन,' बज्राचार्यले भने।
सुवाल म्युजिकका सुजन थापाले अधिकांश क्यासेटहरू पहिल्यै फिर्ता गरेको बताए। १२ वर्षदेखि क्यासेट र सिडी बेच्दै आएको बौद्धस्थित स्तुपा तिब्बत म्युजिक सेन्टरमा आजकल क्यासेटहरू स्टकमा मात्र छन्। 'एकै लटमा क्यासेट खरिद बिक्री गर्दथ्यौं। क्यासेटहरूले अहिले ठाउँमात्र ओगटेको छ,' सञ्चालक तेन्जिङ शेर्पाले भने।
राजधानीमा क्यासेटमात्र बिक्री गर्ने टिक एन टक, मेरी म्युजिक इन्टरप्राइजेज, सिटी क्यासेट सेन्टर र होम अफ म्युजिक त बन्द नै भैसकेका छन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो