खाँदबारी बैसाख १३, एकसाता अघि परेको भिषण असिनापानीले संखुवासभाको उत्तरी नुम ३ खोक्ताकमा करोडौको क्षति भएको छ । बैसाख १ देखि ७ गतेसम्म लगातार परेको असिनापानीले अलैची, गहु,जौ, आलु, मकै, तोरी लगायतका नगदेवाली नष्ट पारेको स्थानीय धनप्रसाद तामाङले बताउनु भयो । एउटै गाउ“का ९२ परिवारले लगाएको नगदेवाली नष्ट भएपछि कृषक चिन्तित भएका छन । ९२ परिवारका ५ सय वढी स्थानीयले जिल्ला प्रशासन, रेडक्रस र जिल्ला कृषि विकास कार्यालयमा क्षतिपुर्तिको माग गरेका छन ।