१ जेठ, पोखरा । गण्डकी-धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले गरेको चक्काजाममा नखुल्दा ६ महिने बालिकाका उपचार उपचार नपाएर मृत्यु भएको छ ।
पर्वतको शंकरपोखरीका गोविन्द भुषालले ६ महिनाकी वालिकाको उपचार गर्न पातिचौरबाट ट्याक्सी रिजर्ब गरेर पोखरा ल्याएपनि चक्काजामका कारण गण्डकी अस्पतालसम्म पुर्याउन पाउनु भएन । ‘साढे १० वजे नजिकको फिस्टेल अस्पतालमा जाँच गर्न लैजाँदा वालिकाको सडकमै मृत्यु भईसकेको रहेछ-भुषालले भन्नुभयो ।
‘छोरीलाई उच्च ज्वरो आएको र वान्ता गरेपछि थापाठाना मेडिकल हलमा लगेका थियौं, आँखाभरि आँशु पार्दै भुषालले भन्नुभयो-’पोखरा लैजान रिफर गरेपछि हतारमा ट्याक्सी रिजर्व गरेर पोखरा ल्याएका थियौं तर बस व्यवसयीको चक्काजामको कारण ट्याक्सी जाममा पर्यो, छोरीलाई अस्पताल पुर्याउन सकिएन ।’
नागरिक अगुवा, खधिकारकर्मी र परिवारका सदस्यले विरामीहरु र अत्यावश्यकीय काममा हिंडेका जो कोहिलाई अवस्थालाई हेरेर गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।