नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
May 20, 2012
मुस्लिम संघर्ष गठबन्धनद्वारा विरोधका कार्यक्रम फिर्ता
काठमाडौं, जेठ ७- राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले गरेको सबै सङ्घर्ष तथा विरोधका कार्यक्रम फिर्ता लिएको छ। सरकार र गठबन्धनबीच आज सिंहदरबारमा भएको वार्तामा ११ बुँदे सहमति भएपछि मुस्लिम समुदायले लामो समयदेखि गर्दै आएका सबै सङ्घर्ष तथा विरोधका कार्यक्रम फिर्ता लिने भएका हुन्।

वार्तामा मुस्लिम गठबन्धनका तर्फबाट प्रस्तुत गरिएका सबै सकारात्मक मागका बारेमा सरकारी वार्ताटोलीले बुँदागतरुपमा सहमति जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो।

सरकारी वार्ताटोलीका तर्फबाट शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव, सङ्घीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री सूर्यमान गुरुङ र ऊर्जामन्त्री राधा ज्ञवाली हुनुहुन्थ्यो भने मुस्लिम सङ्घर्ष गठनबन्धनका तर्फबाट संयोजक सदरुल मियाँ हक, सभासद् ताज मियाँ, गठबन्धनका प्रचार विभाग प्रमुख जुनैद अन्सारीलगायत थिए।

वार्तामा नयाँ बन्ने संविधानमा मुस्लिम समुदायको छुट्टै पहिचान सुनिश्चित गर्न आदिवासी जनजाति, मधेसी, महिला, दलित समुदायसँगै मुस्लिम समुदायलाई सूचीकृत गर्ने, विभेदमा पारिएका मुस्लिमलगायत आदिवासी जनजाति, मधेसी, महिला, दलित समुदायलाई सरकारका सबै अङ्ग, निकाय र अवसरमा समानुपातिक तथा समावेशीकरणको सिद्धान्तअनुसार प्रतिनिधित्व गराइने सहमति भएको छ।

यसैगरी, नयाँ बन्ने संविधानको मौलिक हकमा महिला र दलित अधिकारसँगै छुट्टै मुस्लिम अधिकार उल्लेख गर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्ने, संविधानमा आर्थिक, राजनीतिक, शैक्षिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा क्षतिपूर्तिका रुपमा विशेष अधिकारको सुनिश्चित गर्ने सहमति पनि वार्तामा भएको छ।

सहमतिमा तराई-मधेसलाई राज्यको पुनःसंरचना गरिँदा पहिचान हुने शब्द राखेर नामाकरण गरिने, मुस्लिम पारिवारीक कानुनको व्यवस्था गरिने, मदरसा शिक्षा प्रणालीलाई राष्ट्रिय शैक्षिक मूलधारमा ल्याउन मदरसा शिक्षा बोर्ड तथा हजलाई व्यवस्थापन गर्न स्थायी हज कमिटी ऐन बनाई अविलम्ब गठन गर्ने र हज हाउस निर्माण गर्ने उल्लेख छ।

यसैगरी मुस्लिमहरुका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिनका अवसरमा सार्वजनिक विदा दिइने, यसअघि सरकार र गठवन्धनबीच भएका सहमतिलाई तत्काल कार्यान्वयन गरिने र गठवन्धनले गर्दै आएका सबै सङ्घर्षका कार्यक्रम स्थगन गर्ने सहमति भएको छ।

सहमतिपछि शान्ति तथा पुनःनिर्माणमन्त्री रायमाझीले मुस्लिम समुदायले अघि सारेका सबै जायज मागको सम्बोधन भइसकेकाले अब बन्ने संविधानमा ती मागलाई समावेश गरिने जानकारी दिए।

गठबन्धनका संयोजक हकले सरकार र गठबन्धनपछि भएको ऐतिहासिक सहमतिमा मुस्लिम समुदायको माग सम्बोधन भएकाले गठबन्धनद्वारा आयोजित सबै सङ्घर्ष र विरोधका कार्यक्रम फिर्ता लिइएको बताए। रासस


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो