खाँदबारी जेष्ठ ८,राज्य पुनः संरचनामा जिल्ला टुक्राएको विरोधमा आज दोस्रो दिनपनि भोजपुर ठप्प पारिएको छ । जिल्ला टुक्राउन नपाईने माग राख्दै अनिश्चितकालिन गरिएको भोजपुर वन्द आजपनि जारी छ । संयुक्त एकता संर्घष समिति भोजपुरको आव्हानमा वन्द गरिएको हो । वन्दका कारण सदरमुकाम भोजपुर, ंिदंला लगायतका मुख्य व्यापारीक केन्द्र प्रभावित भएको छ । वन्दका कारण सरकारी कार्यालय, वजार, निजी तथा सामुदायीक शैक्षिक संस्था, क्याम्पस उच्च माबि ठप्प पारिएको छ । वन्दकर्ताले जातीय सद्भाव कायम राख्न माग गरेका छन । वन्दका कारण भोजपुरबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेको छैन । संर्घष समितिले आज पनि जिल्लाको चोकचोकमा विहानैवाट प्रर्दशन गरेका छन ।बन्दकर्ताले स्वास्थ्य संस्था, एम्बुलेन्स, कक्षा ११ को परिक्षा संचालनमा भने कुनै अवरोध पु¥याएका छैनन् ।