बर्दिया, जेठ ९ - बर्दियाको मगरागढीमा मंगलवार दिउँसो आगो लाग्दा ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । घर नजिकै रहेको जयनगर जनजागृती सामुदायिक बनमा लागेको आगो सल्किएर मगरागढी २ प्रगतीनगरका लक्ष्मि आचार्य र रामप्रसाद कँडेलको घरगोठ जलेर नष्ट भएको हो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, धनमाल जलेको र झण्डै ४ लाख रुपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।