नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
खेलकुद समाचार : National or International Sports News
May 26, 2012
अमृत र चन्द्र श्रीलंकन लिगमा
काठमाडौ, जेष्ठ १३ - नेपाली पेस बलरद्वय अमृत भट्टराई र चन्द्र साउद श्री लंकन लिगमा खेल्ने भएका छन् । दुवै खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले खेल्ने वातावरण मिलाइदिएका हुन् । दुवै खेलाडीको सम्झौता पक्का भइसकेको पुबुदुले शुक्रबार कान्तिपुरलाई जानकारी दिए ।

'अमृत र चन्द दुवैको तयारी पूरा भइसकेको छ,' प्रशिक्षक पुबुदुले भने, 'दुवैले श्रीलंकाको पोर्ट अथुरिटी क्रिकेट क्लबमा खेल्नेछन् ।' दुवै खेलाडीले त्यहाँ ८ जूनदेखि सुरु भई आठ सातासम्म चल्ने श्रीलंकन यू-२३ अन्तरक्लब क्रिकेट प्रतियोगितामा खेल्नेछन् । टेस्ट मान्यताप्राप्त श्रीलंकाका हरेक खेलाडीको राष्ट्रिय टिममा पुग्ने माध्यम सोही अन्तरक्लब प्रतियोगिता हो ।

'त्यहाँ नखेली राष्ट्रिय टिममा खेल्न पाइँदैन । क्लबकै प्रदर्शनका आधारमा टिममा बोलाइन्छ,' पुबुदुले भने, 'महेला जयबर्द्धनेदेखि कुमार संगकरासम्म त्यसै प्रतियोगिताबाट निस्केका प्रतिभा हुन् ।' पोर्ट अथुरिटीका मुख्य प्रशिक्षक हुन्, सजिथ फर्नान्डो । फर्नान्डो पुबुदुका साथी हुन् । क्लबमा पेस बलरको कमी रहेको गुनासो सजिथले गरेपछि पुबुदुले उपलब्ध गराइदिने वाचा गरेका रहेछन् ।

महेन्द्रनगरका चन्द्र र भैरहवाका अमृत प्रशिक्षक पुबुुदुले मौका मिलाइदिएकामा खुसी छन् । त्यसैले त शुक्रबार घरबाट आएका दुवै शनिबार पुबुदुलाई भेट्नका लागि जाँदैछन् । 'उहाँले हाम्रा लागि ठूलो मौका मिलाइदिनु भयो,' दुवैले भने, 'पाएको मौकालाई हामी पूर्णरूपमा सदुपयोग गर्नेछौं ।' चन्द्र २३ वर्षका भए । उनले दुई महिनाअघि यूएईमा भएको आईसीसी वल्र्ड कप ट्वान्टी-ट्वान्टीमा राम्रो प्रदर्शन गर्दै मन जितेका थिए । 'यूएई यात्रा मेरा लागि टर्निङ-प्वाइन्ट रह्यो,' क्षेत्र नम्बर-६, बैतडीका खेलाडीले भने, 'अब श्रीलंका गएर आफूलाई उत्कृष्ट प्रमाणित गर्नु छ ।' अमृतको पनि योजना त्यस्तै छ । 'पाएको मौकालाई गुमाउन चाहन्न,' एपीएफका खेलाडी अमृतले भने, 'कोचले मप्रति देखाएको भरोसालाई तोड्न चाहन्नँ ।'

दुवै खेलाडीको चिठी नेपाल क्रिकेट संघ -क्यान) मा आइसकेको प्रशिक्षक पुबुदुले जानकारी दिए । 'क्यानले सकारात्मक प्रतिक्रिया दिएको छ । यसै महिनाको अन्त्यसम्ममा दुवै खेलाडी श्रीलंका जान्छन्,' उनले भने । दुवैका लागि क्लबले बस्नका लागि व्यवस्था मिलाइदिएको छ । जाने र खानाको व्यवस्था भने खेलाडी आपै+mले गर्नुपर्ने हुन्छ । 'विभिन्न संस्था र क्यानको सहयोगमा खेलाडी जानेछन्,' पुबुदुले भने ।

पुबुदुले यसअघि शक्ति गौचनलाई भारतको इन्डियन पि्रमियर लिगको राजस्थान रोयल्स क्लब र पारस खड्कालाई क्यानडाको लिगमा खेल्नका जाने वातावरण मिलाइदिएका थिए । शक्ति राजस्थानबाट एक साताको ट्रायल दिंदै नेपाल फर्किए । पारस भने चार महिनाको लिग खेल्न क्यानडाको ओन्टारियो क्रिकेट एकेडेमी तथा क्लबमा अहिले व्यस्त छन् । पुबुदुले ब्याट्सम्यानद्वय अनिल मण्डल र ज्ञानेन्द्र मल्ललाई पनि श्रीलंकामा खेलाउने पहल भइरहेको जानकारी दिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो