१६ जेठ, काठमाण्डौं । विश्वकै अग्लो स्थानमा भएको १० औ तेन्निङ हिलारी म्याराथुनको उपाधि फुवा तामाङले जितेका छन् । फुर्वाले निर्धारीत दूरी ३ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा पार गरेका थियो । प्रतियोगितामा कुमार राजभण्डारी द्वितिय भएका छन् । उनले ३ घण्टा ५४ मिनेट ५१ सेकण्डमा निर्धारीत दूरी पार गरेका थिए । त्यस्तै तृतीय हुने सुदिप थुलुङले ४ घण्टा ५४ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय बन्न सफल भएको नाम्चेबाट भरतबन्धु थापाले जानकारी दिएका छन् । प्रतियोगिताका लागि ४२ दशमलब २ किलोमिटरको दूरी तय गरिएको थियो ।
त्यस्तै २१ किलोमिटरको हाफ म्याराथुनमा तामवेकल बेलले पहिलो स्थान हात पारेका छन् । बेलले २ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । त्यस्तै द्वितिय स्थान ओगट्न सफल अस्ट्रेलियाका थि्रपो नाफुले ३ घण्टा ४४ मिनेट ४१ सेकेन्डमा निधारीत दूरी पार गरेका थिए । त्यस्तै भारतका शेखर गायत्रीले ३ घण्टा ५७ मिनेट ३९ सेकेन्डमा निर्धारीत दूरी पार गर्दै तृतीय बन्न सफल भएका छन् ।
प्रतियोगिता अन्तर्गत लामो दूरीको म्याराथुनमा प्रथमहुनेलाई एकहजार डलर, द्वितिय हुनेलाई ५ सय डलर र तृतीय हुनेलाई ३ सय डलर प्रदान गरिएको छ ।
त्यस्तै हाफ म्याराथुनमा प्रथम, द्वितिय तथा तृतीय हुनेलाई क्रमशः ५ सय, ३ सय र २ सय डलर पुरस्कार प्रदान गरिएको छ ।