पान अमेरिकन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालीको स्कुललाई सफलता
काठमाडौं, जेठ १८ (एजेन्सी)-सन् २०१२को पान अमेरिकन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत स्कुल तर्फको उत्कृष्ट अवार्ड पोर्टल्यान्ड स्थित नेपलीले चलाउँदै आएको वेष्टकोष्ट तेक्वान्दो एसोसिएसन हलिउडले जितेको छ। प्रतियोगिता मे २५ देखि २६सम्म पोर्टल्यानडस्थित ओरेगन कन्भेन्सन सेन्टरमा भएको थियो।
हलिउड स्कुलले प्रतियोगितामा ३९ स्वर्ण, २० रजत र १९ कास्य पदक जितेको स्कुलका संचालक एवं चिफ मास्टर दिवाकरडान महर्जनले इमेल मार्फत जानकारी गराएका छन्। प्रतियोगितामा विश्वभरीका कुल ७ सय ९० खेलाडी, ६५ रेफ्री र सय जना प्रशिक्षक सहभागी थिए।
नौ वटा रिङ्गमा खेलाइएको प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रि रेफ्री दिवाकरडान महर्जन, सन्तोष प्रधान, लभ गोर्खाली, कुमार कार्की, शुद्धोदन रन्जित र सन् १९९२को ओलिम्पक खेलाडी हेड कोच सिता राइले निर्णायकको भूमिका निर्वाह गरेका थिए।