काठमाडौ, जेठ १९– नेकपा एमालेले निवर्तमान सभासद्सित गरेको छलफल अधिकांश जनजाति र मधेशी सभासद्ले बहिस्कार गरेका छन् । एमाले कार्यालय बल्खुमा भएको छलफलमा पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, रामचन्द्र झा, गोपाल ठाकूर सहित धेरैजसो जनजाति र मधेशी समूदायका निवर्तमान सभासद्ले बहिस्कार गरेका हुन् ।
छलफलमा बोल्दै एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सबै जाति र समुदायका आवाज सुन्न तयार भएकोले अहिले पार्टी छोड्ने तर्क गलत भएको बताउनुभयो ।
माओवादी सत्ता कब्जा गर्ने योजना अनुसार नै अघि बढेकोले त्यसलाई सफल हुन नदिने भन्दै उहाँहरुले त्यसका लागि संघर्षमा उत्रिन निवर्तमान सभासद्लाई आह्वान पनि गर्नुभएको छ ।