Jun 02, 2012
पौडीमा मध्यमान्चलकै वर्चस्व
वीरगन्ज, फाल्गुन १४ - छैठो राष्ट्रिय खेलकुद अन्तर्गत वीरगन्जमा भएको पौडी खेलमा पहिलो दिन मध्यमान्चलले वर्चस्व कायम गरेको छ । आइतबार भएका ८ विधाका सबै पदक मध्यमान्चलका पौडीवाजले जितेका छन् ।
पुरुष तर्फको खेलमा मध्यमान्चलका शैलेस राणाले सर्वाधिक ३ स्र्वण र एक रजत पदक जीतेका छन् भने महिला तर्फ श्रेया धितालले २ स्वर्ण र १ रजत पदक जीति सबैलाई उछिनेका छन् । मध्यमान्चलकै शिरिश गुरुङले एक स्वर्ण, २ रजत र एक कास्य जितेका छन् । बनीन श्रेष्ठले एक रजत, मिराज प्रजापतिले एक कास्य पदक जितेका छन् । महिला तर्फको खेलमा मध्यमान्चलकै शैला राणाले एक स्वर्ण, दुई कास्य र एक रजत पदक जित्न सफल भएकी छिन् । एक मात्र विधामा सहभागी करिश्मा कार्कीले स्वर्ण पदक जितेकी छिन् ।
धनगढीमा सुरु भएको छैठौ राष्ट्रिय खेलकुदमा पूर्वाधार अभावमा पौडी खेल वीरगन्जमा सञ्चालन हुने भएको हो । पौडी खेल मगंलबारसम्म खेलाइने आयोजकले जनाएका छन् । भूषण यादव