सोल । बुद्ध नेपाल र हिमालको देश भनेर नेपाललाई चिनाउने उद्देश्यका साथ विश्व साईकल यात्रामा रहेका साईकल यात्री कोरियामा अलपत्र परेका छन् । तिरासी राष्ट्रको भ्रमण सकेर एक साता अघि कोरिया प्रवेश गरेका विश्व साइकल यात्री लोक बन्धु कार्की अलपत्र परेका हुन् ।कोरियामा आफूलाई कुनै पनि नेपाली संस्थाले सहयोग नगरेको उनले वताए । गांस ,बासको टुङो नभएको बताउने विश्व साइकल यात्री कार्की कोरियामा आफूलाई तितो अनुभव भएको बताउन छन् ।
‘के मैले बुद्ध नेपाल र हिमालको देश भनेर नेपाललाई चिनाउने अपराध गरे ‘ कार्कीले अगाडि भने नेपालीनै नभएको ठाउँमा पुग्दा समेत यति अपमामानको मौसुस भएको थिएन ।आँखाको उपचारमा समेत रहेका कार्कीले आसु खसाल्दै भने कोरियास्थित नेपाली दूतावसले केही गर्छ जस्तो लागेको थियो तर उपनियोग प्रमुख राजा राम वर्तौलाले पनि सहयोग नगरेको वताए ।
हाल उनी काेरियाको आन्सान स्थित कान्तिपुर रेष्टुरेण्टको साहारामा रहेका छन् । शिक्षण पेसाको स्थायी जागिरलाईवीचमै छाडेर कार्की २०५९ सालमा नेपालका ६४ जिल्लाको यात्रा पछि विश्व साईकल यात्रामा निस्किएका थिए । ३४ वर्षीय कार्की अमेरिका लगायत ८३ देशको यात्रा सकी कोरिया आईपुगेका हुन् ।