काठमाडौं, जेठ २१ - चुरे भावर राष्ट्रिय एकता पार्टीले वरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ र महासचिव भूमिराज निरौलालाई पार्टी हित विपरित काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । पार्टीका तर्फबाट अध्यक्ष हिमालय भक्त प्रधानाङ, उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठ, महासचिव बद्रीप्रसाद न्यौपाने र कोषाध्यक्ष हरि पोख्रेलले संयूक्त विज्ञप्ति निकालेर तामाङ र निरौलालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जानकारी दिनुभएको हो ।चुरे भावर आन्दोलनबाट नागरिकले राखेको अपेक्षा र विश्वास विपरित पार्टी भित्र गुटबन्दी गरेकोले निस्कासन गरिएको विज्ञप्तीमा उल्लेख छ । चुरेभावर पटक पटक विभाजित हुँदै आएको छ । निरौला समूह काँग्रेस एमालेसित मिलेर सरकार विरुद्ध लागेको छ भने संस्थापन पक्षले सरकारमा बसेर माओवादीलाई साथ दिईरहेको