नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 04, 2012
माओवादी फुट्नै लागेको हो?
काठमाडौं, जेठ २२ - संविधानसभा विघटनसँगै एकीकृत माओवादीमा विभाजनको रेखा कोरिइसकिएको छ। उपाध्यक्ष मोहन वैद्य समूहले असार १ मा राष्ट्रिय भेला र संस्थापन पक्षले १५ गते विस्तारित बैठक छुट्टाछुट्टै डाकेका छन्। वैद्य समूहको निरन्तर फरक मत, संस्थापन पक्ष सधैं बहुमतका आधारमा मात्र अघि बढ्ने। पार्टीमा यस्तो शृंखला बढ्दै गयो। पार्टीभित्र देखिने यस्तो लडाइँले माओवादी कहाँ पुग्छ? यस्तै आशंका छ।
दुवै पक्षका नेताहरू अझै पार्टी एक ढिक्का रहनेमा आशावादी देखिन्छन्। यति हुँदाहुँदै पनि १० दिनभित्र कुनै 'चमत्कार नभए' राष्ट्रिय भेला र विस्तारिक बैठक पार्टी विभाजनका औपचारिक घोषणासरह हुन्।
वैद्य समूहले गोलमेच सभामार्फत राष्ट्रिय सहमतिको सरकारको नारा दिएको छ। सँगसँगै पार्टी एकताका लागि 'बटम लाइन' अध्यक्ष पुष्पकमल दाहालको राजीनामा।
'माओवादी पार्टी विचित्रको हो, पहिले पनि अन्तर्संघर्ष चलेका हुन्,' पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने, 'एकताका लागि पहल भइरहेको छ, अध्यक्षले राजीनामा दिन्छु भनिसकेकाले पार्टी एकताको आधार टुटिसकेको छैन।'
पार्टीले उठाएको एजेन्डा संविधानसभा भंग हुँदा एकथरी इमान्दार नेता तथा कार्यकर्तामा चिसो पसेको छ। पार्टीभित्रको वास्तविक लडाइँ के हो? तल्लो तहका कार्यकर्तालाई अबगत छैन।
अस्पतालको शैयामा रहेका पोलिटब्युरो सदस्य तथा पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनले पार्टी उपाध्यक्ष वैद्यलाई 'लालसलाम' गर्दै आँसु झारे। उनलाई आफ्ना दुईवटै मृगौला बिग्रिएको पीडा थिएन। उनले शैयाबाटै भने, 'पार्टी एकढिक्का राख्नोस्। पार्टी नफुटाउनोहोस्।'
संस्थापन पक्षको पेरिस डाँडा र वैद्य समूहको कुपन्डोलमा केन्द्रीय समिति बैठक बसिरहँदा पुन अस्पताल भर्ना भएका थिए। पुनको स्वास्थ्य अवस्था बुझ्न पुगेका दुवै पक्षका नेताहरूको जम्काभेट त्यहीँ भयो।
'चुच्चे टोपी मात्रै लगाउन खोज्ने नेताहरूका कारण पार्टी यस्तो अवस्थामा पुग्यो,' अस्पताल पुगेका वैद्य निकट पोलिटब्युरो सदस्य कुलप्रसाद केसी भन्दै थिए, 'पार्टी अध्यक्षको राजीनामाले विभाजन रोक्न सक्छ।'
वैद्य समूह कसैको इशारामा प्रयोग हुने खतराले पिरोलेको छ, दाहाल पक्षलाई। संविधानसभा हुँदा भंग गर्नुपर्छ भन्ने, अहिले आयोगबाट संविधान बनाउनु पर्छ भन्ने वैद्य पक्षको नाराले थप सशंकित छ।
संविधानसभा भंग हुने क्रममा कांग्रेस, एमालेसँगको कार्यगत एकता, प्रधानमन्त्री बाबुराम भट्टराईलाई अपदस्थ गर्न राष्ट्रपति रामवरण यादवलाई गरेको आग्रह वैद्य पक्षको नियतलाई थप प्रस्टाएको छ।
शान्ति र संविधानको नारा असफल भएकाले नेतृत्वले स्वतः राजीनामा दिनुपर्ने अर्का पोलिटव्युरो सदस्य हरिभक्त कँडेलको भनाइ छ।
'प्रचण्डले लिएका नीति असफल भएपछि नैतिकताको आधारमा स्वतः राजीनामा दिनुपर्छ,' कँडेलले नागरिकसँग भने, 'माधवकुमार नेपालबाट किन पाठ नसिक्ने?'
दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको मुद्दा सकिएकाले राजीनामा अनिवार्य रहेको कँडेलले दोहोर्‍याए। 'उहाँहरूले पार्टीका एजेन्डा, विचार, राजनीति योजना सबै छाडेकाले हामीले पहल लिएका हौं, उनले भने, 'आन्दोलन, क्रान्तिकारी विचार जोगाउन लागेका हौं।'
पछिल्लो पटक वैद्य समूहले चिर्न नसकेका केही मुद्दाहरू छन्। दाहालले नाम मात्रको संविधानलाई स्वीकार गरेनन्। विदेशी इशारामा संविधान आउने आरोप थियो वैद्य पक्षको। त्यो आरोप पुष्टि हुन सकेन। वैद्य पक्षले कार्यकारी राष्ट्रपतिको विरोध गर्‍यो। संघीयताको अडान चलिरहँदा कांग्रेस, एमालेसँग वैद्य समूहले छुट्टै योजना बुनिरह्यो।
०६०/६१ मा संसदवादी दलको नारा गोलमेच सभाको सान्दर्भिकता अहिले सकिएको छ। संविधानसभा हुँदा त्यसलाई भंग गर्नुपर्छ भन्ने, भंगपछि आयोगद्वारा संविधान घोषणा गर्ने प्रस्ताव आफैंमा जेलिएको देखिन्छ।
एकता प्रक्रियाबाट आएका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल वैद्य समूहले पार्टीभित्र विचारको लडाइँभन्दा पद प्रतिष्ठाको विषय अघि सारेको ठान्छन्। 'प्रचण्डलाई देवत्वकरण गर्ने वैद्यजीहरू नै हो,' दुलालले भने, 'प्रचण्डपथभन्दा प्रचण्डवादमा जाऔं भन्नेहरूले अहिले विरोध गर्नुको अर्थ हुँदैन।'
प्ाूरै युद्ध जितिनसकेको र शान्ति प्रक्रियामा आउँदा सम्झौता अनिवार्य हुने दुलालले बताए। 'कहिले जनविद्रोह, कहिले फलानो मन्त्री पाए हुन्छ भन्न बार्गेनिङ हो,' उनले भने, 'केहिले युद्धमा गइहाल्ने, कहिले मिलेर जाने भन्नु खिचडी क्रान्तिकारिता भएको छ।'
पार्टीभित्रको पकडलाई हेर्दा वैद्य पक्षसँग १५ देखि २० प्रतिशत मात्र रहेको गजुरेलको दाबी छ। उनले पालुङटारको विस्तारित बैठकका सहभागीलाई आधार बनाएर त्यस्तो तथ्यांक दिएका हुन्। पुराना नेता कार्यकर्ता भने वैद्यसँग रहेको पुष्टि उनको समूहको केन्द्रीय समितिको बैठकबाट थाहा हुन्छ।
गत बिहीबारको बैठकमा सल्लाहकार समिति सदस्यसहित ६० जना मात्र समेल भए। ६० मध्ये दुई सल्लाहकार र दुई केन्द्रीय सदस्य मात्रै एकता प्रक्रियाबाट गएका हुन।
'पुरानो लडेको शक्ति यहीँ छ,' वैद्य निकट केन्द्रीय सदस्य बाबुराम नेपालीले भने, 'संघर्षको विकल्प छैन।'
दाहालबिनाको माओवादी कल्पना गर्न नसकिने गजुरेल र दुलालको समान धारणा छ। अहिले दाहालसँग रहेका उपाध्यक्ष भट्टराई र नारायणकाजी श्रेष्ठको आ-आफ्ना प्रवृत्ति देखिएका छन्। ती प्रवृति देखिए पनि उनीहरू छलफलबाटै अघि बढ्न तयार देखिन्छन्।
पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्ने जमात दुवै पक्षसँग छ। पार्टी अन्ततः कार्यकर्ताबिना बन्न सक्दैन। दुबै पक्ष एक ठाउँ बसेर कार्यकर्ताको भावना बुझे नन्दकिशोर पुनहरू रूनु पर्दैन कि!
उजिर मगर,


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो