नेपाली कङ्ग्रेस - नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनवन्धनले आयोजना गर्न लागेको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट भेला हुनेक्रम बढेको छ। भेलाले राजधानीको यातायात प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ।
कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट प्रदर्शन गर्ने कार्यक्रम छ। जुलुस प्रदर्शन दिउँसो एक बजेबाट शुरु हुने र अपरान्ह दुई बजे सभास्थल खुल्लामञ्च पुग्नेछ।