नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 10, 2012
इन्सोरेन्सका कर्मचारी अपहरित, फिरौतीवापत १० लाख भारु माग
मिथिलेश यादव, लहान, जेठ २८- तीन दिनदेखि हराइरहेका लहानस्थित एसियन लाइफ इन्सोरेन्सका कर्मचारी अपहरणमा परेको खुलेको छ। अपहरणकारी समूहले फोनमार्फत् फिरौती माग्दै २४ वर्षीय राधेश्याम यादव आफूहरुको कब्जामा रहेको बताएपछि यादवका परिवार चिन्तित बनेका छन्।

लहान ४ घर भएका राधेश्याम शुक्रबार वडा प्रहरी कार्यालय पूर्व छेउमा रहेको एसियन लाइफ इन्सोरेन्स कार्यालयबाट अपराह्‍न घरतर्फ लागे। उनी घर नपुगी मलाई सप्तरीको रुपनी जानुपर्ने भयो भनी बाटैबाट घरमा फोन गरेदेखि बेपत्ता भएका थिए। कामले आउन सकेन होला भन्दै परिवारजनले त्यो दिन उनको खोजी गरेनन्। तर, शनिबार अचानक उनकै मोवाइलबाट फोन आयो। खुशी भएर फोन उठाएको त उताबाट धम्कीपूर्ण अवाजमा राधेश्याम अपहरणमा पर्‍यो, छुटाउनु छ भने १० लाख बुझाउनू भनेपछि आफूहरु तीनछक्क परेको अपहरितका काका हरिनारायण यादवले बताए।

पटकपटक अपहरितकै मोवाइल नम्बर ९८१४७०३८६३ बाट फोन गरेर छिटो फिरौतीको बन्दोवस्त गर, नभए सोची ले भनेर धम्काइरहेको हरिनारायणले भने। फिरौतीको फोन आउनेबित्तिकै वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएर खोजीका लागि आग्रह गरेको उनले सुनाए। कार्यालय समय सकिनेबित्तिकै घर फर्किने उनी त्यो दिन काम विशेषले रुपनी जानु छ भन्दै गएको हरिनारायणले भने।

अपहरित परिवारका अनुसार राधेश्याम लहान क्षेत्रबाटै अपहरणमा परेका हुन। उनको कसैसँग रिसइवी नभएको र पहिला पनि कहिल्यै चन्दासन्दा माग नभएको अपहरित परिवारले भने। अचानक अपहरणमा पर्नु र १० लाख भारु फिरौती माग्नुले आफूहरुलाई आश्चर्यमा पारेको अपहरित परिवारको भनाई छ।

यता वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वृजकिशोर चौधरीले भने- अपहरित परिवारको उजुरी आउनेबित्तिकै प्रहरी खोजीका लागि परिचालन गरिएको छ। अपहरितको खोजीमा जुटेको प्रहरी टोलीले शङ्कास्पद आधा दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको चौधरीले बताए। उनले भने- फिरौती माग्न प्रयोग गरिरहेको अपहरितको मोवाइलको लोकेसन ट्रेस गरी खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ। फिरौतीको फोन एउटै लोकेशनबाट आइरहेको छ।

अपहरित छुटाउन माग गरिएको १० लाख भारतीय रुपियाँ बुझाउने हैसियत नभएका अपहरित परिवारमा छटपटी बढेको छ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो