नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 22, 2012
बुद्धमार्गबारे दलाई लामाको विवादस्पद् अभिव्यक्ति
 संगीता मरहट्टा, लण्डन, असार ८- तिव्वती बुद्ध धर्म गुरु दलाई लामाले बुद्ध मार्गबारे विवादस्पद् अभिव्यक्ति दिएका छन्। उनले बुद्ध मार्गको उद्‍गम थलो भारत रहेको दाबी गर्दै उहाँको जन्मथलोबारे विवाद गर्न नुहेन बताए। 
 
  
एक सातादेखि बेलायत भ्रमणमा रहेका लामाले बुधबार अल्डरसोटस्थिति एक भव्य रंगशालामा आयोजित कार्यक्रममा सयौं नेपाली र बेलायती दर्शकबीच गौतम बुद्ध भारतमा जन्मिको दाबी गर्दै नेपाल वा भारत जहाँ जन्मिभए पनि त्यसलाई ठूलो नमान्न आग्रह गरेका हुन्।
 
'बुद्धमार्गको उद्‍गम थलो भारत हो र कसैकसैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्छन्, कसैले भारतमा' लामो समय भारतमा निर्वासन जीवन बिताइरहेका लामाले भने, 'बुद्ध जहाँ जन्मिएका भए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।'
 
अल्डरसोटको इविवि रंगशालामा आयोजित विश्व शान्ति, सद्‍भाव र बुद्ध धर्मबारे प्रवचनमा उनले बुद्धको दर्शनलाई बाहिरीरुपमा नभई भित्रैबाट अंगाल्न आवश्‍यक रहेको बताए। ‘एक्काइसौं शताब्दीमा पूजा पाठमा मात्र सिमित भएर हुँदैन, बुद्धका दर्शनलाई बुझ्न र अध्ययन गर्न अनि विज्ञानका कुरालाई बुझ्न पनि जरुरी छ,' हजारौंको भीडलाई सम्बोधन गर्दै लामाले भने।
 
अल्डरशोटमा उक्त कार्यक्रम नेपालीहरुकै संयोजनमा आयोजना गरिएको थियो। आयोजकले बुद्धको जन्मबारेको लामाको भनाईले केही तित्तता अनुभव भएपछि समग्रमा नेपाली र बेलायतीबीचको सम्बन्ध सुमधुर बनाउन फलदायी भएको बताएका छन्। 'नेपालीहरुकै नेतृत्वमा आयोजित दलाई लामाको भ्रमण र प्रवचनले बेलायती र नेपाली समुदायबीच सहिष्णुता वृद्धि हुनमा मद्धत पगेको छ,' कार्यक्रम संयोजक डम्मर घलेले नागरिकन्युजसँग भने।
 
कार्यक्रम बुद्धिष्ट कम्युनिटी सेण्टर युकेले आयोजना गरेको हो। पूर्व बेलायती सेनाले अप्रवासी सुविधा नपाएपछि अल्डरशोट क्षेत्रमा सयौं पूर्व गोर्खाहरु बस्दै आएका छन्। प्रवचन कार्यक्रममा नेपालीका साथै स्थानीय बेलायती, युरोपेली, भियतनामी, मंगोलियन, श्रीलंकाली लगायतका देशका अप्रवासीहरु पनि सहभागी भएका थिए।
 
फुटबल प्रेमी बेलायतीको भीडले भरिने अल्डरशोटको इवीवी रंगशाला बिहिबार भने नेपाली पोसाकमा सजिएका नेपालीले भरिएको थियो। धेरैले बुद्ध धर्मलम्विहरुको परम्परागत पोसाक लगाएका थिए।
कार्यक्रममा बेलायती सञ्चार माध्यमका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति थियो। प्रवचनपछि दलाई लामाले फुटबल मैदान पुरै हिँडेर बिशेषगरी उपस्थित अपांगहरुका हात समातेर भलाकुसरीसमेत गरेका थिए।
 
कडा सुरक्षाका बीचमा ७६ वर्षीय दलाई लामा राजकीय सम्मानका साथ रंगशाला प्रवेश गराइएको थियो। झण्डै पाँच दसकदेखि भारतमा शरण लिएर बसिरहेका नोवेल शान्ति पुरस्कारका विजेता दलाई लामालाई बुद्ध धर्माबलम्बीहरु बुद्धको साक्षात अवतार नैं मान्ने गर्छन। आठ दिन लामो बेलायत भ्रमणमा रहेका लामाले यसअघि लण्डन र म्यानचेष्टरमा समेत आफ्नो प्रवचन दिइसकेका छन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो