नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कहिलै नर्बिसीने पलहरु : The Last Time
Mar 15, 2012
टुटेको हर्दय ले लेखेको उनलाई
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होला|अनी शुरुवात गरें, लेख्न ::
सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई|आरामै त होला भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरुकसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ |
 म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेको भगवानलाई थाहा होला, कि तिमीलाई |तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने खबर सुनें, मैले । तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ । सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?जे कुरो संसारमा असम्भब छ भन्छन, त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो |

कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो |
तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द गर्छु |||

मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

बस्ताब मा नेपाली स्रोता र दर्सक हरुको मन मजाले जित्न सकी रहोस यहि सुभकामना बस्ताब मा नेपाली स्रोता र दर्सक हरुको मन मजाले जित्न सकी रहोस यहि सुभकामना - Ghanashyam khanal
i like this thank you ... - ramesh bk


अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो