नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कहिलै नर्बिसीने पलहरु : The Last Time
Mar 25, 2012
श्रीअन्तुलाई सम्झदा
श्रीअन्तुलाई सम्झदा

भुवन सुवेदी

कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम

हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ

मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ झैं लाग्छ । त्यस्तै भएको छ मेरो इलामको भ्रमण । अन्तु महोत्सव २०६२ को अवसर पारेर सुर्योदयको दृष्यावलोकन गर्न र त्यहाँका प्राकृतिक छटासँग छोटो समयको लागि भए पनि मितेरी गाँस्दै त्यहाँका वासिन्दाहरु सँग हार्दिकता साट्ने लोभ थियो मनमा ।

सप्तकोशी एफएममा आवाजको खेती श्री गणेश गरेदेखि यो लोभ जागेको थियो । अनि यसलाई मलजल लगाउनु काम गर्नु भएको थियो श्री अन्तुका रुपेश अर्याल र मेरा अनन्य मित्र एक घिमिरे जीले । जो श्रीअन्तुका स्थाई बासिन्दा हुनुहुन्छ अनि सप्तकोशी एफएमका सहकर्मी पनि । उहाँ भन्नु हुन्थ्यो श्रोताको रेडीयो प्रतिको माया हेर्नु छ भने पहाडका स्रोतालाई हेर्नुस् । उहाँहरु एकको दिनको वाटो हिँडेर हुलाक आएर पत्र पठाउनु हुन्छ । त्यसैले हामीले टाढाको स्रोताको भावना कार्यक्रममा समेटन् काजुस्याई गरेनौं । साँच्चौ हो हलोका अनौमा रेडियो झुण्डयाएर अनि चिया टिप्दा काँधमा गाईवस्तु चराउँदा खेतवारी र मेला पात गर्दा रेडियोकै साथमा रहेको पाउँछौं । वास्तवमा हामी रेडियोमा काम गरेको सन्तुष्टी हामीलाई त्यति खेर मिल्यो जतिबेला बाटेमा रोकेर श्रोताले हाम्रो बारेमा सोध्नु भयो अनि अन्तु महोत्सव २०६२ को अन्तिम दिन मेरा सहकर्मी अनन्य मित्र चेतनजी र मलाई रेडियोमा सुनाएका हाम्रा आवाजवाट प्रत्यक्ष स्टेजमा विदाईका दुई शब्द बोल्ने अवसर दिइयो । उद्घोषकले हामीलाई स्टेजमा बोलाएर हाम्रो परिचयका साथमा विदाई गराउनु भयो । त्यतिवेलाको इलामवासीको ताली र विदाईका लागि हल्लिएका ती हातहरु अहिले पनि म झल्झली सम्झन्छु । प्रत्येक दिन रेडियोमा कार्यक्रमबाट विदा माग्दा कहिले पनि मलाई त्यति गाह्रो महसुस हुँदैन तर प्रत्यक्ष स्रोताको अगाडीबाट विदा माग्नु पर्दा कता कता मन कुडिएर आयो । तर इलामका वासीको त्यो अगाध माया पाउँदा भने अझ पनि मन आनन्दित हुन्छ । खुशीले पुलकित हुन्छ मन ।

इलाम हेर्ने रहर अन्तु महोत्सव २०६२ ले पुरा गरिदियो । यहि अवसर पारेर मंसिर १४ गते इटहरीबाट हिँडेका मेरा सहकर्मी चेतन धमला म र अन्य चार जना साथीहरु सुमन सुवेदी कमल अधिकारी जिवन धमला र युवराज घिमिरे । जब फिक्कलमा गाडीबाट ओल्र्यौ तब सुन्तलाका केस्रा चुस्दै अन्तु सम्मको वाटो त्यहिको प्राकृतिक सम्पदालाई नियाल्दै चियाको बुटा समाउँदै पैदल जाने निश्चित गरेर अन्तु तर्फ लागौं । नयाँ ठाउँ हेर्ने उमंग थियो मनमा । ओरालो बाटो भएकाले सिद्धिखोला सम्म त जसो तसो पुगियो । उकालो शुरु भएपछि हाम्रा गोडाले काम गरेनन् । दश वर्ष अघि पितृथलो संखुवासभा गएको थिएँ । त्यस पछि मेरा पयरले गरेको पहाडको सयर अन्तु यात्रा नै थियो । लखतरान भएको शरिर गले पनि समयमै अन्तु पुग्ने लिप्सामा थियौं हामी । बाटोमा भेटिएका इलामेसँग सुस्ताउँदै छोटो भलाकुसारी गर्न पनि हामी भुल्दैनथ्यौं । अनि हाम्रो रेडियोको वारेमा सोध्न पनि । त्यहाँका प्रत्येक मानिसले चिन्दा रहेछन् हाम्रो आवाजलाई । अचम्म लाग्यो । त्यतिखेर हामी थाकीसकेका भए पनि आनन्दित महसुस गथ्र्यौं ।

अन्तु छिर्ने बाटोमा बनाइएका स्वागत गेटहरु चियाका बुटा र अमृसाका घारीहरुले हामीलाई स्वागत गरिरहेको भान हुन्थ्यो । बाटोमा इलामवासीले स्वागत छ भनि रहेका थिए । त्यो हार्दिकता हामीमा छैन जति अन्तुवासीमा छ । पाहुनाको सत्कारका लागि होटल लज केही नभए पनि घर घरमा पैसा तिरेर पाहुना राख्ने पेइङ्ग गेष्टको अवधाराण इलामवासीको ग्रामिण पर्यटन प्रवद्र्धनको अनुकरणीय शुरुवात लाग्यो ।

११ अ को कुरा हामीलाई त्यतिवेला थाहा भयो जतिवेला हामीले प्रदर्शनीको अवलोकन गर्यौं । अर्को रोचक कुरा त जतिवेला हामी दिपेन्द्र शिखरको भ्यू टावरबाट सुर्योदयको दृश्यावलोकनको प्रत्यक्ष प्रसारण गरेका थियौं । पटक पटक प्रविधिले धोका दिए पनि त्यहाँबाट देखिएको सुर्योदयको दृश्यका वारेमा केही समय भए पनि प्रत्यक्ष प्रसारण गर्न पाएकोमा खुशी थियौं । त्यो वसाइका क्रममा घर परिवार र आफुले काम गर्ने रेडियो नै भुलेका थियौं । प्रशस्त आन्तरिक र वाह्य पर्यटकको उपस्थिति थियो त्यो वेलामा । पर्यटनको प्रशस्त सम्भावना वोकेको श्री अन्तु जहाँबाट भारतको दार्जिलिङ्ग सिक्किम लगायतका विभिन्न ठाउँहरु हेर्न सकिने उत्तर तर्फ हिम श्रृंखलाको दन्त लहर दृष्टिपात गर्न सकिने छोटो समयमा पुलुक्कै मात्रै नियाल्ने अवसर पायौं हामीले इलामलाई ।

अन्तुलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न युवा वर्गले खेलेको भुमिका प्रमुख लाग्यो । ११ अ ले प्रसिद्ध लोपोन्मुख लेप्चा जातिको वसोवास स्थल तथा प्रकृतिको सुरम्य स्थल अन्तुमा चाँडो भन्दा चाँडो प्रशस्त यातायातका साधन गुडाउन प्रतिक्षा गरिरहेको रहेछ अन्तु भन्ने लाग्यो । स्थानिय विकासमा जन सहभागिता रहेको पायौं । गाडीमै बसेर पुग्न पाउनु पक्कै पनि अन्तुवासीको भाग्यको कुरा हो ।

इतिहासमा हार्ने गायक कुवरेर राई गणेश रसिक यम बराल जगदिस समाल रोशन गुरुङ्ग पुजन प्रधान जस्ता सांगतिक स्रष्टा जन्माउने इलाम ‘‘‘‘। । तारानाथ शर्मा‘‘‘‘‘‘‘‘‘।जस्ता साहित्यिक व्यक्तिव जन्माउने इलामका श्रीअन्तु वासीको साहित्य प्रतिको प्रेम त्यतिवेला थाहा हुन्थ्यो जति वेला साना साना नानीहरुको अन्तर विद्यायल कविता प्रतियोगिता भइरहेको थियो । त्यहाँ देखिएका प्रतियोगि र दर्शकको धैर्यता र उपस्थिति दॆखेर अचम्मित थियौं हामी र लाग्यो साँच्चै चियाका बुटा र अमृसोको झाडीमा कविता जन्माउने गजल जन्माउने संगित अनि साहित्य जन्माउने कुै जादु छ की ‘।

मेरो जीवनको चाहाना मध्येको एउटा चाहाना भएको कम्तिमा वर्षको एक पटक इलाम गएर त्यहाँका चियाका बुटा समाउँदै उकाली र ओराली गर्दै एक पटक त्यहाँको प्राकृतिक सौन्दर्यको रसास्वादन दिपेन्द्र शिखरबाट सुर्योदयको दृश्यावलोकन गर्नु नै हो त्यसैले त अन्तु‘। मैले सवलाई विसे्रछु तिमिलाई सम्झँदा ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो